दफा ७६
समाह्वान, इतलायनामा, सूचना वा आदेश नबुझी फर्काउन नहुने

(१) कुनै व्यक्तिलाई निजका नाममा कानून बमोजिम जारी भएको समाह्वान, इतलायनामा, पक्राउ पूर्जी, सूचना वा आदेशबुझाउन ल्याएकोमा निजले त्यस्तो समाह्वान, इतलायनामा, पक्राउ पूर्जी, सूचना वा आदेश बदनियतपूर्वक नबुझीफर्काउन हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँँसम्म जरिबाना वा दुवैसजाय हुनेछ ।